Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी,५ दिनभित्र माग सम्बाेधन नभए कडा आन्दाेलन गर्ने चेतावनी

नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी,५ दिनभित्र माग सम्बाेधन नभए कडा आन्दाेलन गर्ने चेतावनी

  • 2.4K
    SHARES

  • नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी,५ दिनभित्र माग सम्बाेधन नभए कडा आन्दाेलन गर्ने चेतावनी

    बुटवल, माघ २६-

    नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनलाई आफूहरुको मागबारे पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गरेको कमिटी सभापति सुरज क्षेत्रीले बताए ।

    तालाबन्दीपछि नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका ईकाई सभापति सुरज क्षेत्रीले विज्ञप्ति जारी गर्दै क्याम्पसले अटाेनाेमसको नाममा नाफा कमाउने क्याम्पसको रुपमा जान लागेको बताउदैं तत्कात अटाेनाेमसको पुर्ण रुपमा खारेज गर्न माग गरे ।

    विज्ञप्तीमा अम्बिलम्ब बिबिएसको इन्ट्रान्स  खुलाई भर्ना सुरु गर्न पनि माग गरेको छ । BBA-FA र MBS मा २० % शुल्क घटाउनुपर्ने, लकडाउन अवधिभरको शुल्क मिनाहा गर्नुपर्ने, theory along with practial शैक्षिक प्रणालीलाई अघि सारी पुर्ण रुपमा लागू गर्नुपर्ने, विद्यार्थीहरुलाई शुल्क बुझाउँदा झन्झटिलो भएको भन्दै मोबाईल बैंकिङको संचालन गर्नुपर्ने र २०७४-११-३० मा सहमती भएका ६ बुंदे माग अबिलम्ब पूरा गर्नुपर्ने माग राखेको छ ।

    संघले आफ्ना मागहरु ५ दिन भित्रमा सुनुवाइ नभए क्याम्पस प्रशासनविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology