बुटवल,फागुन ३ ।
बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस औपचारिक कार्यक्रमका बीच मनाउँदैछ ।
विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनकोआचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा मनाइने भएको हो ।
उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम भनेसफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलेनिर्वाचन आचारसंहिताका कारण यस वर्ष स्थापना दिवसलाई संक्षिप्त तर सन्देशमूलक ढंगले मनाइने जानकारीदिए । उनले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिनेपनि बताए ।
उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्मसरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनेदीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उनको भनाइ छ । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गतसरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएकोपनि उनले जानकारी दिए ।
नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दैजितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए ।
बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा कामभइरहेको उनले स्पष्ट पारे ।
त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिलासशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् ।
महिलाहरूको आर्थिक सशक्तीकरणबिनासमग्र नगर विकास सम्भव नहुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइनेजानकारी दिइन् । साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएकोपनि उनले बताइन् ।
उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक र विकासमुखीकार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउनेलक्ष्य लिएको जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)