Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस बदलिएकाले देशभर उत्साह,भावि प्रधानमन्त्री गगन : डा.चन्द्र भण्डारी (Video)

काँग्रेस बदलिएकाले देशभर उत्साह,भावि प्रधानमन्त्री गगन : डा.चन्द्र भण्डारी (Video)

  • 4.5K
    SHARES

  • काँग्रेस बदलिएकाले देशभर उत्साह,भावि प्रधानमन्त्री गगन : डा.चन्द्र भण्डारी (Video)

    बुटवल,माघ १३ ।

    नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. १ र २ का उम्मेदवारले अबको प्रधानमन्त्री कुमार थापा भएकाले काँग्रेसलाई जिताउनको लागि आग्रह गरेका छन ।

    नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले तिलोत्तमामा आज आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुल्मीका दुबै क्षेत्रका कांग्रेस उम्मेदवारले काँग्रेस रुपान्तरण भएको र अब समग्र मुलुकलाई बदल्न सक्न तागत रहेको बताएका छन ।

    नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं. १ का उम्मेदवार डाक्टर चन्द्र भण्डारीले सिंगो काँग्रेस एक ठाउँमा उभिएको  र अहिले देशभर उत्साह आएको बताउनु भयो ।

    अहिलेको निर्वाचनमा ११० जना उम्मेदवार नयाँ अनुहार भएको बताउँदै भण्डारीले काँग्रेस बदलिएकाले देशभर उत्साह पैदा भएको दाबी गर्नुभयो ।  प्रतिनिधि सभाको निर्वाचन पछि संविधान संसोधन हुनुपर्ने  र अहिलेको आवश्यकता समेत रहेको नेता भण्डारीको भनाई छ । 

    अहिले भएको परिवर्तनको बिउ संसदमा आफूले  रोपेको भन्दै भण्डारीले अहिले त्यसको फल स्वरूप गगन विश्वहरू आएको उहाको भनाइ छ। उहाले देशभर रूखमा भोट दिएर कांग्रेसको सरकार बने सुशासनसहित देश बलियो बन्ने बताउनुभयो ।

    नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले विशेष महाधिवेशन पछि काँग्रेस बदलिएको र नयाँ उत्साहसहित चुनावमा होमिएको बताउनु भयो ।

    अबको प्रधानमन्त्री गगन कुमार थापा भएको बताउँदै उहाँले महाधिवेशन पटि काँग्रेसमा उत्साह छाएको बताउनुभयो । रूखमा मत दिएर देश बदल्नुपर्ने उहाको भनाइ छ ।IMG_4339.jpeg

    रूपन्देही क्षेत्र न २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चुन्नप्रसाद पौडेलले सबैको सहयोग र उर्जाले बुटवलमा कांग्रेसको बिरासत फर्काउने बताउनुभयो । यसपटक नयां अनुहारसहित कांग्रेसका उम्मेदवार आएकाले सबैले काम गर्ने मौका दिने अपेक्षा गर्नुभयो ।

    कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले कांग्रेसकै कारण देश अहिले बदलिएको भन्दै गुल्मीका दुईवटै क्षेत्रमा कांग्रेस बलियो रहेकाले जित सुनिश्चित रहेको बताउनुभयो । उर्जा भरेर कार्यकर्ताहरू चुनावी मैदानमा खटिन उहाको निर्देशन छ ।

    गुल्मी रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो । IMG_4335.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ १३ २०८२०६:५६:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology