बुटवल,माघ २३ -
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्।
सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरु पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।
सभामुख सापकोटाले यसअघि प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गर्दै आएका छन् ।
यसैबीच रिट दायरपछि सापकोटाले शुक्रबार मध्यान्न पत्रकारहरुसँग भेटघाट कार्यक्रम तय गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । भेटघाटका क्रममा सापकोटाले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
बरिष्ठ अधिवक्ता एवं कानूनी जानकारहरुका अनुसार यसअघि कुनै पनि सभामुखले सर्बोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएको याे पहिलो घटना हाे ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)