बुटवल,माघ २३ -
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको फैसला निर्वाचनले गर्ने बताएका छन्। शुक्रबार आफूपक्षीय नेकपाले राजधानीमा आयोजना गरेको सभामा सम्बोधन गर्दै आफ्नो पक्ष नै मूलपार्टी भएको समेत जिकिर ओलीले गरे।
देश निर्वाचनतर्फ उन्मुख भइसकेकाले निर्वाचनले नयाँ सरकार बनाउने उनले बताए। देशलाई भड्खालोमा हाल्न सरकार ५ वर्ष चलाउन नदिएको बताए।
ओली पक्षीय नेकपाले काठमाडौंमा गरेको सभामा उनले भने, ‘काम गर्नै नदिएपछि जनताकहाँ जाने निर्णय गरे। अस्थिरतातर्फ होइन, चुनावतिर जाऔं।’
समृद्ध र भ्रष्टचार विरुद्धको अभियान लिएपछि असफल बनाउन प्रयास गरिएको बताए। ‘तीन वर्ष आयोग बन्न दिइएन। २-४ जनाले छोडेपछि आयोग बन्यो।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)