Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाराको सिमरामा स्थिति भड्किन नदिन स्थानीय प्रशासनको कर्फ्यू

बाराको सिमरामा स्थिति भड्किन नदिन स्थानीय प्रशासनको कर्फ्यू

  • 1.0K
    SHARES

  • बाराको सिमरामा स्थिति भड्किन नदिन स्थानीय प्रशासनको कर्फ्यू

    जनकपुरधाम,मंसिर ३ ।

    जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

    गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

    एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो ।

    त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो ।झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।

    कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् ।उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।corfyu-bara.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology