बुटवल,माघ २०-
हिजाे सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् । उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ ।
देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।
विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा१.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले नागरिक अनलाइनलाइ बताए ।
‘विज्ञान संकायबाट उनी नेपाल प्रथम भइन्,अहिलेसम्महरु जिल्लाबाट याे नतिजा आएकाे छैन ।’ उनले सुनाए । उनको सिम्बोल नम्बर २४९०११८८ हाे ।
विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका छन् ।
९० जना मध्ये विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकाको २३ जनाले ए प्लस ग्रेड हासिल गरेको बिद्यालयका प्राचार्य लाेकनाथ उपाध्यायले नागरिक अनलाइनलाइ बताए । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)