Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेनजीको आन्दोलन : रुपन्देहीमा आज राति १० बजेसम्म कर्फ्यु आदेश जारी

जेनजीको आन्दोलन : रुपन्देहीमा आज राति १० बजेसम्म कर्फ्यु आदेश जारी

  • 1.1K
    SHARES

  • जेनजीको आन्दोलन : रुपन्देहीमा आज  राति १० बजेसम्म कर्फ्यु आदेश जारी

    बुटवल,भदौ २३ ।

    जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। 

    जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

    प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

    नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्युको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ।

    बुटवल क्षेत्र :

    पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म

    पश्चिममा बेलवास चोकसम्म

    उत्तरमा चिडिया खोलासम्म

    दक्षिणमा मंगलापुर सम्म

    भैरहवा क्षेत्र :

    पूर्वमा रोहिणी खोला पुलसम्म

    पश्चिममा बेथरी पुलसम्म उत्तरमा बुद्धचोक सम्म दक्षिणमा मेउडीहवासम्म

    बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्मkarfeu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology