Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर अहिलेसम्म १५ जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर अहिलेसम्म १५ जनाको मृत्यु

  • 669
    SHARES

  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर अहिलेसम्म १५ जनाको मृत्यु

    नागरिक अनलाइन/काठमाडौँ,भदौ २३ ।

    जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

    मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् । प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । 

    ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।

    प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology