Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाग्लुङको गलकोटमा भलिबल छनोट प्रतियोगिता शुरू,१० समुहको सहभागीता

बाग्लुङको गलकोटमा भलिबल छनोट प्रतियोगिता शुरू,१० समुहको सहभागीता

  • 3.0K
    SHARES

  • बाग्लुङको गलकोटमा भलिबल छनोट प्रतियोगिता शुरू,१० समुहको सहभागीता

    बाग्लुङ,माघ १७-

    बाग्लुङको गलकोट नगरपालिकामा भलिबल छनोट प्रतियोगिता शुरू भएको छ । गलकोट भलिबल ट्रेनिङ सेन्टरको आयोजनामा शुक्रबारदेखि शुरू भएको छनोट प्रतियोगितामा १० समुहको सहभागीता रहेको छ ।

    जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम बहादुर श्रीसको अध्यक्षता तथा गलकोट वडा न ३ का वडाअध्यक्ष विरजङ भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

    सोहि अवसरमा वडा सदस्य झहर बहादुर खत्री जिल्ला भलिबल सघ बागलुङका कोषाध्यक्ष गोर्ख भण्डारी लगायतको सहभागी रहेको थियो ।

    ट्रेनिङ सेन्टरका कोषाध्यक्ष हिमाल चालिसेको स्वागत मन्तव्य सगै शुरू भएको कार्यक्रमको सञ्चालन भने गलकोट भलिबल ट्रेनिङ  सेन्टरका सचिव  राजन कार्कीले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १७ २०७७०८:४५:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology