बुटवल,असार ८ ।
नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली ‘पर्यटन पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित हुनुभएको छ ।
पर्यटन क्षेत्रको बिकासमा खोजमुलक लेख,रचना र समाचार लेखेर उच्च योगदान पुर्याएको भन्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा भएको २४ औं साधारणसभा तथा १२ औं अधिवेशनका अवसरमा ज्ञवालीलाइ नगद, दोसल्ला तथा प्रशंसापत्रसहितको पुरस्कार प्रदान गरिएको हो ।
संघले यो पुरस्कार हरेक बर्ष प्रदान गर्दै आइरहेको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय ,उपप्रमुख साबित्रादेवी अर्याल तथा संघका अध्यक्ष लेखनाथ भण्डारी लगायतले सो पुरस्कार ज्ञवालीलाई प्रदान गर्नुभएको हो ।
करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्र संस्थानमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता हुनुहुन्छ । उहाँ बुद्ध सामुदायिक टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत तथा समाचार प्रमुख र नागरिक अनलाइनको प्रधान सम्पादक समेत हुनुहुन्छ ।
संघको सम्पन्न अधिवेशनबाट अध्यक्षमा माधवकुमार खनाल चयन हुनुभएको छ । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)