Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्डको उद्घाेष : ‘श्री ३ महाराज ओली’को निरंकुशता चुट्कीको भरमा अन्त्य गर्छाैँ

प्रचण्डको उद्घाेष : ‘श्री ३ महाराज ओली’को निरंकुशता चुट्कीको भरमा अन्त्य गर्छाैँ

  • 3.6K
    SHARES

  • प्रचण्डको उद्घाेष : ‘श्री ३ महाराज ओली’को निरंकुशता चुट्कीको भरमा अन्त्य गर्छाैँ

    बुटवल,माघ १५-

    नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको भन्दै अब केहि समयमै उनका दिन सकिने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको बिशाल विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका हुन् ।prachanda puspakamal dahal.JPG

    ‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने ।

    अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, अदालतले संसद पुनःस्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ,’ प्रचण्डले भने । 

    दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दावी गरे । 

    चण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

    nekapa butwal andolan.jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology