Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माधवकुमार नेपालले बुटवलबाट भने-‘४४१ को बहुमत नै नेकपाको मूलधार हाे,आधिकारिक हामी हाैँ ’

माधवकुमार नेपालले बुटवलबाट भने-‘४४१ को बहुमत नै नेकपाको मूलधार हाे,आधिकारिक हामी हाैँ ’

  • 4.0K
    SHARES

  • माधवकुमार नेपालले बुटवलबाट भने-‘४४१ को बहुमत नै नेकपाको मूलधार हाे,आधिकारिक हामी हाैँ ’

    बुटवल,माघ १५-

    नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल )समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गरेका छन् ।

    ‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भने । 

    प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको दाबी गरेका हुन् । 

    नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको दाबी गरे । उनले  बयलगाडा चढेर अमेरिका पुगिदैन नेपालमा गणतन्त्र आउँदैन भनेर भविष्यवाणी गर्ने केपि शर्मा ओलीको जसरी भविष्यवाणी असफल भयो त्यसगरि चुनाव गराउँने भविष्यवाणी पनि असफल हुने दाबी गरे ।nekapa butwal andolan.jpg

    ओलीले जनताको भावना नबुझेको उँहाले बताउँदै समयको पछि पछि  लत्तारिएको आरोप लगाए ।

     केपि ओली कहिल्यै आन्दोलनको अगुवाई गर्न नसेकेको र जहिले पनि पछाडी बसेर अरुको कुरा काट्ने बानीले गर्दा जनताले दुख पाएको नेपालको भनाइ छ ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology