Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड-माधव आज बुटवल आउँदै,२० हजार कार्यकर्ता सहभागी रहने नेकपाको विरोध सभालाई सम्बाेधन गर्ने

प्रचण्ड-माधव आज बुटवल आउँदै,२० हजार कार्यकर्ता सहभागी रहने नेकपाको विरोध सभालाई सम्बाेधन गर्ने

  • 3.5K
    SHARES

  • प्रचण्ड-माधव आज बुटवल आउँदै,२० हजार कार्यकर्ता सहभागी रहने  नेकपाको विरोध सभालाई सम्बाेधन गर्ने

    बुटवल ,माघ १५-

    नेकपा (प्रचण्ड-माधव) पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

    प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले देशभर आन्दोलन गरिरहेको  छ । दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए ।

    सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने  प्रचार प्रमुख सिद्धिचरण भट्टराईले नागरिक अनलाइनलाई बताए ।

    गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल,नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती,घनश्याम यादव र जिल्ला सचिव नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल बलदेव,  र राजु गुरुङले गर्ने छन् ।

    जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको सो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान समेत गरेको छ ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology