Logo बिहिवार, आश्विन १ गते २०८३
images

यो बर्षको बर्खायाममा बढी पानी पर्ने,डेङ्गी सङ्क्रमण बढ्ने !

यो बर्षको बर्खायाममा बढी पानी पर्ने,डेङ्गी सङ्क्रमण बढ्ने !

  • 957
    SHARES

  • यो बर्षको बर्खायाममा बढी पानी पर्ने,डेङ्गी सङ्क्रमण बढ्ने !

    काठमाडौँ,जेठ १० ।

    यस वर्ष बर्खायाममा सरदरभन्दा बढी पानी पर्ने, गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्वानुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढाउने बताउनुभयो । पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्छ ।

    डा.दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ । तर अनुकुल वातावरण अब बन्दै जानेछ  । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।

    डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमण देशभर फैलिएको थियो । त्यसबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology