Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशमा आजदेखि कोभिड १९ बिरुद्धको खोप लगाइने, ३९४९५ जनालाई खाेप दिइने

लुम्बिनी प्रदेशमा आजदेखि कोभिड १९ बिरुद्धको खोप लगाइने, ३९४९५ जनालाई खाेप दिइने

  • 4.1K
    SHARES

  • लुम्बिनी प्रदेशमा आजदेखि कोभिड १९ बिरुद्धको खोप लगाइने, ३९४९५ जनालाई खाेप दिइने

    बुटवल,माघ १४ । 

    भारत सरकारले निशुल्क उपलब्ध गराएको कोभिड १९ बिरुद्धको खोप आजदेखि लुम्बिनी प्रदेशमा लगाउन शुरु गरिदैछ।बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालबाट खोप लगाईदै छ। 

    लुम्बिनी प्रदेशमा आएको खोप मध्ये पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा राजेन्द्र खनालले लगाउने भएका छन्। पहिलो चरणमा लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनालाई पुग्ने गरी खोप ल्याईएको लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवत्ता डा. पुष्पराज पौडेलले जानकारी दिए। 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा बिहान ९ बजे डा. खनालले खोप लगाएपछि खोपको औपचारिक रुपमा सुरुवात हुने डा. पौडेलले जानकारी दिए। covid khop.jpg

    डा खनालले भने–‘म स्वास्थ्यकर्मी त्यसमा पनि कोभिड १९ जितेको व्यक्ति भएको हुँदा सबैलाई खो प्रतिको बिश्वास जगाउन र हौसला प्रदान गर्न पहिलो खोप लगाउन थालेको हु।’

    पहिलो चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र फ्रन्टलाईटनमा खटिने व्यक्तिलाई खोप लगाईने भएकोछ।  रुपन्देहीको दुई सरकारी अस्पतालबाट खोप लगाईदै छ। 

    kovid khop lzh.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology