बुटवल,बैसाख २६ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले दुई विद्यालयलाई इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको छ।
रुरु क्षेत्र गाउँपालिका–१ को रिडी मावि र वडा नं ४ को ज्ञवा माविलाई बस प्रदान गरिएको हो । योसँगै रिडी माविलेगाउँपालिकाबाट दुई वटा बस पाएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार ४०-४० लाख रुपियाँ प्रदान गरिएको रुरु क्षेत्रगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो । आफ्नै स्रोत र गाउँपालिकाकोबजेटबाट विद्यालय आफैले बस खरिद गरेको पाण्डेयले बताउनुभयो ।
विगत दुई वर्षमा जनबोध र रिडी माविलाई बस प्रदान गरिएको थियो । बिस २००७ सालमा स्थापना भएको रिडीमाविमा ४४४ जना विद्यार्थी रहेका छन् । भने ज्ञवा माविमा २७३ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सामुदायिक बिद्यालयहरुलाई साधन स्रोतसहित गुणस्तरीय शिक्षामाअब्बल बनाउँदै लैजाने गाउँपालिकाको नीति अनुसार बस प्रदान गरिएको बताउनुभयो ।
विद्यालय टाढा भएका कारण शिक्षाको उज्यालोबाट कोही पनि बञ्जित वा बसाई सर्ने अवस्था नबनोस् भनेरबिद्यालयहरुलाई गाडी प्रदान गरेको ज्ञवालीले बताउनुभयो । उहाँले आगामी वर्ष पनि थप बिद्यालयहरुलाई गाडी प्रदानगर्ने बताउनुभयो ।
ज्ञवा माविकामा दुई घण्टा हिँडेर आउने विद्यार्थी पनि छन् । प्रधानाध्यापक नारन ज्ञवालीका अनुसार विद्यालयको क्षेत्रसबैभन्दा टाढा झमादी र ओखलढुगाबाट करिब दुई घण्टा लगाएर ३० जना विद्यार्थी विद्यालय आउने गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)