Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वास्थ्यकर्मी र चिकित्सकको बिचमा नङमासुको सम्बन्ध हुनुपर्छ

स्वास्थ्यकर्मी र चिकित्सकको बिचमा नङमासुको सम्बन्ध हुनुपर्छ

  • 612
    SHARES

  • स्वास्थ्यकर्मी र चिकित्सकको बिचमा नङमासुको सम्बन्ध हुनुपर्छ

    बुटवल, असार १७।
    स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले दक्ष स्वास्थ्यकर्मीको साथबिना चिकित्सकले मात्र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने बताएका छन् । स्वास्थ्य सेवा प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन चिकित्सक, नर्स, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी लगायतका सबै स्वास्थ्यकर्मीबीच समन्वय र टोलीगत कार्य अपरिहार्य रहेको उल्लेख गरे ।

    नेपाल स्वास्थ्य प्राविधिक संघको ४८ औ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित मुखपत्र विमोचन तथा सिएमई कार्यक्रममा बोल्ने बक्ताहरुले बिरामीको उपचारमा चिकित्सकसँगै अन्य स्वास्थ्यकर्मीको भूमिका समान रूपमा महत्वपूर्ण हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि, उचित व्यवस्थापन र सम्मानमा राज्यबाट विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइए । नेश्नल मल्टीस्पेसियलिटी क्लिनिकको सहयोगमा संघमा आवद्ध पारामेडिक्स तथा नर्सिङ स्वास्थ्यकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष बसन्त कुमार श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक जनशक्ति, आधुनिक उपकरण तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई समेत थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । देशभरमा विकट र ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीहरु नै सेवा दिदै आएको दाबी गर्दै उनले उनिहरुको उचित मूल्याकन सरकारबाट हुनुपर्ने बताए ।

    कार्यक्रममा संघका केन्द्रिय सचिव अमृत भुषालले वर्तमान राजनीतिक अवस्था र संस्था खारेजको विषयमा प्रकाश पारे । हिजोको अवस्थाबाट संस्था वर्तमान स्थितीमा आउदा सदस्यता लिने र संस्था हाक्ने नेतृत्वप्रति सरकार सकारात्मक हुनुपर्ने औल्याए ।

    नेपाल मेडिकल काउन्सिलबाट पछिल्लोसमय गरिएको धरपकडको बिरोध गर्दै उनले स्वस्थ्यकर्मी र चिकित्सकको बिचमा नङमासुको सम्बन्ध हुने र यो सम्बन्धलाई कायम गरेर स्वस्थ्य सेवा अघि बढ्ने बताए ।

    कुनै बेला सिएमए, एच केवल ९० घण्टा, २१ दिनको तालिम यसैगरि फिजियोथेरापी हप्तादिनको तालिम लिएर गर्ने स्वास्थ्यकर्मी भएको स्मरण गर्दै आज त्यो अवस्था नरहेको दाबी गरे । ‘हरेक काउन्सिलमा पिएचडी गरेका स्वास्थ्यकर्मीहरु रहेको छन ।’– उनले भने ।

    कार्यक्रममा संघका केन्द्रिय सचिव राधा आचार्य, नेश्नल मल्टीस्पेसियलिटी क्लिनिकका संचालक लक्ष्मण घिमिरे, साईनो केन्द्रका बिमल ढकालले स्वास्थ्यकर्मी चिकित्सकहरुको अर्को हातका रुपमा रहेको भन्दै दुबै जनाको सहकार्यमा मात्र चिकित्सकिय सेवा दिन सकिने उनले बताए ।

    कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा केन्द्रिय सल्लाहकार बाबुराम भट्टराईले स्थापनाकालको स्मरण गर्दै धेरै दुखकष्ठ गरि संगठित गर्न सफल भएको बताए ।कार्यक्रममा संघका अध्यक्ष ईश्वरी पौडेलले वार्षिक कार्ययोजना अनुसार संस्थाबाट सदस्यहरुको क्षमता विकास, सामाजिक कार्यका सार्थ विविध रचनात्मक कामलाई विशेष प्राथमिकता दिदै आएको बताए ।

    कार्यक्रममा पेट, आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा युवराज भुषाल, वरिष्ठ हाडजोर्नी, नशा, बाथ तथा हातरोग विशेषज्ञ डा विकाश न्यौपाने, वरिष्ठ मधुमेह ब्लड प्रेसर तथा मृगौला रोग विशेषज्ञ डा कृष्ण कुमार अग्रवाल, वरिष्ठ रगतरोग विशेषज्ञ डा निकेश बज्राचार्यले रुपन्देहीको स्वास्थ्य संस्थाहरुबाट गरिएका विभिन्न उपचारहरु र नयानया अभ्यासका बारेमा जानकारी दिएका थिए । यसैबिच पिताम्बर पाठकको संयोजनमा तयार पारिएको तपाई, हामी र स्वास्थ्य अंक २ नामको मुखपत्र सार्वजनिक गरिएको संघका सचिव सन्तोष खरेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आषाढ १७ २०८३११:१४:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology