बुटवल माघ १२ ।
नेकपाको (प्रचण्ड—नेपालसमुह) स्थायी कमिटि सदस्य वर्षमान निर्वाचन आयोग निर्णय क्षमतामै कमजोरी भएको बताएका छन् ।
आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै उनले आयोगले सहि क्षमता देखाउन नसकेको आरोप लगाए ।
‘नेकपाको ४४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको आयोगले,७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो,अब के गर्ने अदातल जाने की आयोगमा जाने पार्टीले सबै डकुमेन्टहरु हेरेर निर्णय गर्ने छ” उनले भने ।
सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा भने आन्तरिक छलफल पछि मात्रै बताउने जानकारी दिए ।
पूर्वमन्त्री समेत रहेका पुनले हिजो निर्वाचन आयोगले गरेको निर्णयप्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप लगाएका छन् ।कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार भएको उनको आरोप छ ।
उनले संसद पुनःस्थापनाको विकल्प नभएको प्रष्ट पार्दै त्यो नै वर्तमान राजनैतिक निकासको बाटो भएको दाबी गरे ।संसद् विघटनसंगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन भन्दै निर्बाचन आयोगले हिजो निर्णय गरेको थियो ।
अहिलेका अबैधानिक प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु राज्यकोषको दुरुपयोग गर्दै अर्काे समूहका नेतालाइ जथाभाबि गाली गर्दै देशभर हिडेका छन् यसो गर्नु ठिक होइन उनले भने ।
पुनले प्रधानमन्त्री पलको गरिमा बिर्सेर ओलीले सडकमा कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने,जिस्काउने गरेको बताए ।
‘ओलीले अदालतलाई ,वलिललाई,बुद्धिजिबि,नागरिक समाजलाइ,मडियालाई,डाक्टरलाई गाली गर्दै जोरी खोज्दै हिडेका छन्,जसलाई देख्यो उसैलाई गाली गर्दै हिडेका छन् ,उनको कामै यत्ति हो ।’
ओली सरकार काम चलाउ नै भएपनि प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसंग निहुँ खोज्दै नहिड्न उनले सुझाव दिए । पूर्वऊर्जामन्त्री समेत रहेका पुनले वतर्मान उर्जामन्त्री टोप बहादुर रायमाझीलाई विद्युतको सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिदै प्राविधिक विषयमा हल्का रुपमा टिप्पणी नगर्न आग्रह गरे ।
उनले जर्नादन र कूलमान हुदै आफ्ना पालामा नेपालमा लोडसेडिङ अन्त भएको प्रष्ट पारे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
याे पनि :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)