Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा राईट प्याथको चौथो शाखा,कलाकार पूजा र आकाशले काटे रिवन

बुटवलमा राईट प्याथको चौथो शाखा,कलाकार पूजा र आकाशले काटे रिवन

  • 3.3K
    SHARES

  • बुटवलमा राईट प्याथको चौथो शाखा,कलाकार पूजा र आकाशले काटे रिवन

    बुटवल,माघ ९-

    राईट पाथ एजुकेशन कान्सल्टेन्सीको चौथो शाखा बुटवलमा विस्तार गरिएको छ ।  

    काठमाण्डौमा मुख्य कार्यालय रहेको कन्सटेन्सीको  चौथो शाखाको रुपमा बुटवलमा सुरुवात गरिएको हो । बुटवलको शुक्रपथमा शुक्रबार बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ, कन्सल्टेन्सीका ब्रान्ड एम्बाष्टर नायिका पुजा शर्मा, राईट पाथका सिईयो फिल्प डिसी लगायतले संयुक्तरुपमा शुभारम्भ गरेका हुन । 

    काठमाण्डौमा मुख्य कार्यालय रहेको उक्त कन्सटेन्सीका  चितवन, दाङ, हेटौडा मा शाखा रहेका छन् ।  बुटवलको शाखा आशिष पाण्डे , कृष्णप्रसाद अर्यालले सञ्चानमा ल्याएका हुन ।

    शाखा शुभारम्भ कार्यक्रममा नायक आकाश श्रेष्ठ, रेका रुपन्देहीका अध्यक्ष शुनील वावु जोशी, ईक्यान रुपन्देहीका अध्यक्ष देव बहादुर कुँवर, सचिव गिरीराज पाण्डे, दिपक रोका लगायतले शुभकामना दिए ।

    बुटवल शाखा प्रमुख कृष्ण प्रसाद अर्यालका अनुसार उक्त कन्सटेन्सीले अष्ट्रेलिया , क्यानडा, युके अध्यायनको लागि विभिन्न कार्यहरु गर्दै जाने छ ।  जसको  लागि आयल्स, टोफेल, जिआई जिम्याट लगायतका कक्षाहरु समेत यहाँ सञ्चालन हुनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology