Logo बुधवार, कार्तिक १२ गते २०८३
images

नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाए : डा.चन्द्र भण्डारी

नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाए : डा.चन्द्र भण्डारी

  • 1.0K
    SHARES

  • नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाए : डा.चन्द्र भण्डारी

    गुल्मी, माघ २७ ।

    नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो । 

    नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाएको भन्दै भाषणबाट मात्र नागरिकका समस्या समाधान नहुने उहाँको भनाइ छ । बितेका ३४ वर्ष जनताको कुरा संसदमा नउठेको भन्दै अहिले जनताका कुरा आफुले संसदमा उठाउँदै आएको उहाँले दाबी गर्नुभयो ।

    समयको परिवर्तनसँगै अहिलेको प्रविधिअनुसार राजनीतिक दल र नेताहरु अपडेट हुन जरुरी रहेको भन्दै उहाँले नागरिकका हरेक कुरालाई  सम्बोधन गर्ने गरी सबै लाग्नुपर्ने बताउनुभयो ।

    देशको परिवर्तनका लागि प्रविधिलाई विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । अहिले देशका युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता भण्डारीले स्वदेशमा युवालाई रोक्ने कार्यक्रमहरु सरकारले ल्याउन जरुरी रहेको बताउनुभयो ।

    गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले देशमा खराब काम गर्नेहरु पनि देखिएको हुँदा खराब काम गर्ने कसैलाई पनि छुट नभएको बताउनुभयो । राजनीतिक दलका नेताहरुले जनताको हितमा काम गर्नुपर्ने भन्दै पुराना पुस्ताले बोकेका राम्रा कामको अनुसरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

    अहिले प्रविधिले एआईसम्म पुर्याउँदा जनताहरु भने औषधि, गतिलो शिक्षा र गरिबीसँग जुध्नुपरेको भन्दै सीमान्तकृत वर्गलाई दुई लाख श्रममा आधारित शेयर दिनुपर्छ भनेर संसदमा आफूले आवाज उठाएको उहाँको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, माघ २७ २०८१०९:५२:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology