Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्यापिटल बुटवलद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई कुर्ची प्रदान

रोटरी क्यापिटल बुटवलद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई कुर्ची प्रदान

  • 4.1K
    SHARES

  • रोटरी क्यापिटल बुटवलद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई कुर्ची प्रदान

    बुटवल,माघ २ - 

    रोटरी क्लब अफ क्यापिटल बुटवलले लुम्बिनी प्रादेशिक अस्पताललाई कुर्ची प्रदान गरेको छ ।अस्पतालमा हालैमात्र निर्माण गरिएको बिरामी कुरुवा प्रतीक्षाकक्षमा ३० सिटका १० थान कुर्ची प्रदान गरेको हो ।

    शुक्रवार अस्पताल परिसरमा आयोजित कार्यक्रममा क्लबका एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता र क्लब एडभाईजर एजाज  आलमले अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनाललाई कुर्चि हस्तान्तरण गरेका थिए । 

    क्लबका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता सचिव विश्व दिपक नेपालको संचालन तथा कार्यक्रम संयोजक घनश्याम चापागाईंको स्वागतमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले स्थापनाको छोटो अवधीमै क्लबले सामाजिक क्षेत्रमा देखाएको चासो र सक्रियता प्रशंसनिय रहेको बताए । 

    सो अवसरमा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर राजेन्द्र खनाल, क्लबका एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ता, सल्लाहकार एजाज आलम लगायतले बोल्दै सामाजिक संघ संस्था तथा क्लवहरुको सहयोगमा बुटवलको बिकासले गति लिने हुदा आगामी दिनमा पनि सामाजिक कार्यमा योगदान गर्न आग्रह गरे ।

    क्लवले अस्पताललाई उपलब्ध गराईएका कुर्ची एक लाख २० हजार रुपैया बराबरको रहेको क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर घनश्याम चापागाईंले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology