Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही डान्स स्टार सिजन– ४ को उपाधि साईसालाइ,बेस्ट डान्सर बनिन् कृतना (फोटोफिचर)

रुपन्देही डान्स स्टार सिजन– ४ को उपाधि साईसालाइ,बेस्ट डान्सर बनिन् कृतना (फोटोफिचर)

  • 3.6K
    SHARES

  • रुपन्देही डान्स स्टार सिजन– ४ को उपाधि साईसालाइ,बेस्ट डान्सर बनिन् कृतना (फोटोफिचर)

    बुटवल,पुस ७।

    रुपन्देही डान्स स्टार सिजन– ४ समापन भएको छ। सिजन चारको उपाधि साईसा क्षेत्रीले जितेकी छन् ।छमछमी कला केन्द्र, बुटवलको आयोजनामा शनिबार भएको रुपन्देही डान्स स्टार सिजन– ४ को ग्राण्ड फिनालेमा२० प्रतियोगि सहभागि थिए ।उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफीबाट पुरस्कृतभईन ।

    प्रतियोगितामा समृद्धि सेन ठकुरी दोस्रो हुदै नगद ३० हजार रुपैया सहितट्रफिबाट पुरस्कृत भईन । प्रतियोगितामा साहिस्ता शाही तेस्रो हुदै नगद २० हजाररुपैया भईन ।यसैगरि प्रतियोगितामा सान्त्वना हुदै प्रिन्सु सुनार नगद १० हजार सहितट्रफिबाट पुरस्कृत भईन । भियोयर्स च्वाईस आईसा भुषाल घोषित भईन । प्रतियोगितामा तिनाउबोडिङ स्कुलकी कृतना ज्ञवाली उत्कृष्ट डान्सर घोषित भईन। उनले शिव ताण्डव नाच प्रस्तुत गरिन् ।

    kritana gyawali.jpg उनले ट्रफिसहतिनगद ५ हजार ,प्रमाणपत्र र मायाको चिनो पाइन् त्यस्तै उत्कृष्ट नृत्य प्रस्तुत गरेका गार्गी एकेडेमीका सुलभ मिजार समेत पुरस्कृत भए ।

    प्रतियोगीहरुलाई ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङको आधारमा विजेता घोषणा गरिएको हो ।एक समारोहका बिच लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकाल,गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारी, गार्गी एकेडेमीका सल्लाहकार राजेन्द्र ढकाल,पश्चिम नेपाल बस ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, निर्णायकहरु गिताथापा, नारायण थापा, अनु रजक, केन्द्रका अध्यक्ष किशोर थापाले विजेता, उपविजेता तथा उत्कृष्टलाई पुरस्कार वितरण गरे ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकालले कला रसंस्कृतिमा हामी धनि भएको बताउदै बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्नेमहत्वपुर्ण कार्यक्रम गरिएको बताए ।bhumee.jpeg

    नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने कलाकारहरुको सम्मान जरुरी रहेको उनले बताए । कला, संस्कृति जगेर्ना गर्ने गरि प्रतिष्ठान गठन गर्ने तयारीमा प्रदेश सरकार लागेको उनले बताए । बाल मस्तिष्कमा नृत्य प्रति आकर्षण जगाउनेगरि कार्यक्रम भएको बताए ।kritana.jpgdancee.jpegdance.jpeg

    कार्यक्रममा गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले प्रतियोगितामा प्रथम,द्घितिय र तृतिय स्थान हासिल गर्ने विधार्थीलाई स्कुलमा २ वर्षको पुर्ण छात्रवृत्ति प्रदानगर्ने समेत घोषणा गरे । मंसिर १ गतेबाट शुरु भएको प्रतियोगितामा १०२ जनाबाट विभिन्नचरण पार गर्दै फिनालेमा २० जना प्रतियोगीहरु पुगेका थिए ।

    सो अवसरमा कलाकार पशुपति शर्माले सबैलाइ नचाएका थिए भने कायृक्रममा पत्रकार तथ अभिभावक कपिल ज्ञवाली, कार्यक्रम संचालक बिजय सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा सहयोगी सबैलाइ मायाको चिनोले सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology