Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही डान्स स्टार सिजन-४ : सेमिफाइनलका लागि छानिए ४० जना

रुपन्देही डान्स स्टार सिजन-४ : सेमिफाइनलका लागि छानिए ४० जना

  • 2.8K
    SHARES

  • रुपन्देही डान्स स्टार सिजन-४ : सेमिफाइनलका लागि छानिए ४० जना

    बुटवल,मंसिर १० ।

    बुटवलमा जारी रुपन्देही डान्स स्टारको चौथो संस्करणको ओपन राउन्डबाट ४० जना सेमिफाइनलका लागि छनोट भएका छन् ।छमछमी कला केन्द्रको आयोजनामा मंसिर ५गते शनिबार देखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन ४ शुरू भएको हो ।

    प्रतियोगितामा अडिसनमा सहभागि १०२ जनाबाट ६० जना छनोट भई ओपन राउन्डमा पुगे भने ओपनबाट २० जनाको विदाइ गरेर ४० जना सेमिफाइनलका लागि छनोट भएको छमछमीका संचालक किशोर थापाले बताए । उनले नागरिक अनलाईनसंग भने -‘१०२ जनाबाट ६० जना हुँदै ४० जना छनोट भएका छन् ।dance kritana.jpg

    ’प्रतियोगितामा सिंगल डान्स मात्र राखिएको उनले बताए । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उद्धेश्यका साथ डान्स स्टार चलाइएको हाे ।

    प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए ।
    एक महिनासम्म विभिन्न चरण हुदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गितमामात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए ।

    नृत्य प्रतियोगिताको नाममा बजारमा बिकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे । यसपछि हुने फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुने उनले बताए ।cha.jpg

    कार्यक्रममा गार्गी एकेडेमीका अध्यक्ष झविन्द्र अधिकारी,प्राचार्य भुवन अधिकारी ,कलाकार बिजय सापकोटा लगायतले बोल्दै प्रतियोगिता सफलताको कामना गरेका छन् । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन ।

    सेमिफाइनल १५ गते शनिबार हुनेछ ।cham chami 4.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology