Logo बिहिवार, आश्विन १ गते २०८३
images

भदौ ४ देखि रुपन्देही डान्स स्टार सिजन-३ शुरु हुने

भदौ ४ देखि रुपन्देही डान्स स्टार सिजन-३ शुरु हुने

  • 1.8K
    SHARES

  • भदौ ४ देखि रुपन्देही डान्स स्टार सिजन-३ शुरु हुने

    बुटवल, साउन ३० ।

    छमछमी कला केन्द्रको आयोजनामा रुपन्देही डान्स स्टार सिजन-३ हुने भएको छ।  कोरोना महामारीको कारणले रोकिएको कार्यक्रमको तेस्रो सिजन भदौ ४ गतेदेखि शुरु हुने केन्द्रले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो।

    बुटवल ८ रुपन्देहीमा रहेको छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले भदौ ४ गतेबाट अडिसन शुरुहुने बताउँदै असोज १ गते फाइनल हुने जानकारी दिए। पहिलो अडिसन भदौ ४ गते बुटवलमा हुने छ भने दोश्रो अडिसन भदै ११ गते शनिबार तिलोत्तमा हुने अध्यक्ष थापाले बताए ।

    एकल, जोडी र सामूहिक गरी ३ विधामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमा अवसर तथा द्वितियलाई ५० हजार र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने बताए।

    उमेर समूह नतोकिएको यस कार्यक्रममा बिद्यार्थीहरुलाई सहभागी गराइने बताए। उनले लोपोन्मुख संस्कृती जगेर्ना गर्ने लक्ष्य लिइएको  बताए।
    करिब ३ सय जनालाई अडिसनमा सहभागी बनाउने योजना रहेको कार्यक्रम संयोजक महेश खनालले बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी उपाध्यक्ष नारायण थापाले यस्ता प्रतियोगिताले दक्ष कलाकार उत्पादनको लागि काम गरिरहेको बताए।

    कार्यक्रममा बोल्दै नृत्यकर्मी संघ रुपन्देहीका पूर्व अध्यक्ष अनु रजकले नृत्यको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बताउँदै यस्ता कार्यक्रम हुनु आवश्यक रहेको बताए।

    यस भन्दा अगाडीको पहिलो र दोश्रो सिजनका विजेताले धेरै म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेको र पछिल्लो समय उनीहरु म्युजिक भिडियोको कोरियोग्राफरमा समेत व्यस्त रहेको  छमछमी कला केन्द्रका अध्यक्ष किशोर थापाले बताए । साे  प्रतियोगिता सञ्चालन गर्नको लागि ६ लाख ४६ हजार खर्च हुने अनुमान गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology