Logo बिहिवार, आश्विन १ गते २०८३
images

छमछमीको `रुपन्देही डान्स स्टार´को चौंथो संस्करण भोलिदेखि बुटवलमा

छमछमीको `रुपन्देही डान्स स्टार´को चौंथो संस्करण भोलिदेखि बुटवलमा

  • 2.5K
    SHARES

  • छमछमीको `रुपन्देही डान्स स्टार´को चौंथो संस्करण भोलिदेखि बुटवलमा

    बुटवल,कार्तिक ३० ।

    नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ रुपन्देही डान्स स्टारको चौथो संस्करणको प्रतियोगिता हुने भएको छ । छमछमी कला केन्द्रको आयोजनामा शनिबार देखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन—४ हुने भएको हो ।

    प्रतियोगिताको अडिसनको तयारी पुरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि छमछमीका संचालक किशोर थापाले बताए । ‘अडिसन शनिबार देविनगरस्थित गार्गी एकेडेमीमा हुनेछ ।’— उनले भने । अडिसनमा सहभागीहरु प्रत्येकबाट २ मिनेटको प्रस्तुति रहने उनले बताए । एकवर्षको विविध कारणले रोकिएको प्रतियोगिता अहिले हुन लागेको उनले बताए ।

    यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए । यसअघिको संस्करणमा पुरस्कार राशी प्रथम, द्धितिय र तृतियलाई क्रमश ७०, ५० र ३० हजार रुपैया रहेकोमा यसवर्ष आर्थिक कठिनाईका कारण घटाउन बाध्य भएको उनले बताए ।

    एक महिनासम्म विभिन्न चरण हुदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गितमामात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । नृत्य प्रतियोगिताको नाममा बजारमा बिकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे ।

    फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुने उनले बताए । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology