Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

  • 1.3K
    SHARES

  • काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    काठमाडौँ,मङ्सिर १७ ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।

    निर्वाचन आयोगका अनुसार उहाँले एक हजार ५८४ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गर्नुभयो । उता नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गर्नुभएको छ । 

    स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology