बुटवल,पुस २८-
पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । उनकी आमाको ९० वर्षको उमेरमा गुल्मीको इस्मा स्थित घरमा मंगलबार निधन भएको हो ।
विष्टले मंगलबार साँझ सामाजिक सञ्जालमा आफ्नी आमा चिन्ताकला बिष्टको निधन भएको लेखेका छन्-
आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)