Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

कांग्रेस उपसभापति धनराज गुरूङसँग सिआइबीले लियो कागजी बयान

कांग्रेस उपसभापति धनराज गुरूङसँग सिआइबीले लियो कागजी बयान

  • 1.3K
    SHARES

  • कांग्रेस उपसभापति धनराज गुरूङसँग सिआइबीले लियो कागजी बयान

    काठमाडौं, कात्तिक २८ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग कागजी बयान लिएको छ। सिआइबीले बुधबार गुरूङसँग पाँच घन्टा बयान लिएको हो।

    ‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ५ बजेसम्म उहाँ (धनराज गुरूङ) सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने,‘उहाँसँग बयान सकियो।’

    गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। तर धनराजले आफूहरूबीच सम्बन्धविच्छेद गरेको दाबी गरेका छन्।

    सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology