Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी लक्ष्मी काठमाडौँ कालिमाटी आश्रममा भेटिइन् !

पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी लक्ष्मी काठमाडौँ कालिमाटी आश्रममा भेटिइन् !

  • 15.3K
    SHARES

  • पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी लक्ष्मी काठमाडौँ कालिमाटी आश्रममा भेटिइन्  !

    बुटवल,पुस २८।

    पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी एक महिला काठमाडौँमा फेला परेकी छन् । यहि पुस २२ गते बिहान साढे ५ बजे घरबाट निस्किएकी ५१ बर्षीया लक्ष्मी न्यौपाने सम्पर्क बिहिन भएपछि परिवारजन तनावमा परेका थिए ।

    न्यौपाने काठमाडौँ कालिमाटीको आश्रममा फेलापरेको उनका २३ बर्षिय छोरा सुदीप न्यौपानेले नागरिक अनलाइनलाइ बताए ।  उनले भने- ‘मम्मी काठमाडौँ कालिमाटीको आश्रममा भेटिनुभयो,बोल्न सक्नुभएको छैन,उहाँलाइ मुटुरोगको समस्या पनि थियो ।’

    बुटवलको हाटबजारमा ढाका ब्यवसाय संचालन गर्दै आएकी उनी घरैबाट निस्किएर काठमाडौँ पुगेकी थिइन् । उनी अहिले आफ्नो छोरीको घरमा बसेकी छन् ।

    उनको घरमा श्रीमान् ५४ बर्षीय रामप्रसाद न्यौपाने सहित ,छोरा-बुहारी र अर्का एक छोरा रहेका छन् । उनी बेपत्ता भएको खबर सबैभन्दा पहिले नागरिक अनलाइनबाट सार्वजनिक गरिएको थियो ।

    पढाैँ याे पनि :-

    बुटवल सुख्खानगरकी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनको अपिल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology