बुटवल,कार्तिक ११ ।
पेट्रोलियम व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेश शाखा भलवारी रुपन्देहीको पदस्थापना समारोह भैरहवामा सम्पन्न भएको हो । संस्थाको प्रथम अधिवेशनबाट गौरी शंकर गुप्ताको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदस्थापना गराइएको संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र गुप्ताले बताए ।
समितिको उपाध्यक्षमा माया पाण्डे, सचिवमा हरि गोविन्द चौधरी, कोषाध्यक्षमा प्रितम गुप्ता, सह–सचिवमा सहनवाज अली र जिल्ला प्रतिनिधिमा परिक्षित श्रीवास्तव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा ओमकार नाथ शुक्ला, सुरेश उमर, रमेश गुप्ता, सदावृश्र कुर्मी, केतन शंकर गुप्ता र कन्हैया प्रसाद मौर्या रहेका छन् । कार्यक्रममा वरिष्ठ गुप्ताले पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको संघका केन्द्रीय सदस्य अशोक गुरुङले बताए।
सो अवसरमा बोल्दै अध्यक्ष गौरी शंकर गुप्ताले भने, ‘व्यवसायी पलायन भइरहेका छन् । व्यवसायीका माग सरकारले सुन्नुपर्छ ।’ पेट्रोलियम व्यवसायी संघ नेपाल व्यवसायिक हित र प्रवद्र्धनका लागि स्थापना गरिएको नयाँ संस्था भएको उनको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)