Logo बिहिवार, आश्विन १ गते २०८३
images

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा निर्वाचित

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा निर्वाचित

  • 4.6K
    SHARES

  • उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा निर्वाचित

    बुटवल,पुस २६ ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।

    शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्द्रिय सदस्य बुटवल उवासंघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

    भैरहवाका शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन् प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए । दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो ।

    शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका पुर्व केन्द्रीय सदस्य हुन भने श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

    दुई उपाध्यक्ष मध्ये जिल्ला नगर उपाध्यक्षमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसियट उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रोहिणी रुपन्देहीका दिपककुमार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै कोषाध्यक्षमा देउखुरी उद्योग बाणिज्य संघका रत्नप्रसाद श्रेष्ठ,कार्यकारिणी सदस्यहरुमा जिल्ला नगरबाट ज्ञानुराम न्यौपाने प्युठान उवासंघ, टेकबहादुर शाह बर्दिया उवासंघ राजापुर, भोजेन्द्र प्रकाश ढकाल रामपुर उवासंघ रामपुर, पाल्पा, भिमबहादुर श्रेष्ठ पाल्पा उवासंघ तानसेन, पाल्पा, रामसिंह थारु बासगढी उवासंघ, वर्दिया तथा दुई एशोसियट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का निर्बिरोध निर्वाचित भएका छन् ।

    अध्यक्षमा निर्वाचित भएपछि शर्माले प्रदेशको आर्थिक, औद्योगिक, पर्यटकीय र कृषि क्षेत्रको विकासमा उद्योग वाणिज्य महासंघ प्रदेश समितिको भूमिका र सरकारसंगको सहकार्य  बलियो बनाउने बताए ।

    राजनीतिक खिचातानीका कारण मुलुकको बिकास निर्माण तथा समृद्धिको काममा अन्यौलता :

    लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले राजनीतिक खिचातानीका कारण मुलुकको बिकास निर्माण तथा समृद्धिको काममा अन्यौलता देखिएको बताउनु भएको छ ।fncci.jpg

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री गिरीले राजनीतिक खिचातानीकै कारण सरकारको कामको गतिमा अवरोध सिर्जना भएको समेत बताउनु भयो ।

    उहाँले मुलुकको नीति निर्माणमा समेत साथ र सहयोगको लागि उद्योगी व्यबसायीलाई आग्रह गर्दै मुलुकको लागि के गर्दा राम्रो हुन्छ भन्ने कुराको समेत अगुवाई गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको औद्योगिक बिकास बिना समृद्धि सम्भव नभएको दोहो¥याउँदै औद्योगिक बिकासको लागि लगानी गर्न समेत आग्रह गर्नुभयो । तर उद्योगी व्यबसायी लगानीको लागि औद्योगिक वातावरण नभएको बताएका थिए ।

    साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यबसायीले मुलुकमा लगानीको वातावरण झन भन्दा झन् विग्रिदै गएकोले लगानी सुनिश्चितताको लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने भनाई राखेका थिए । त्यसै अवसरमा नीजि क्षेत्रको प्रवद्र्धनमा कलम चलाएको भन्दै पत्रकार दामोदर खनाललाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology