Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सहकारी रकम अपचलनमा रवि लामिछाने दोषि ठहर,कारबाहीका लागि सिफारिस

सहकारी रकम अपचलनमा रवि लामिछाने दोषि ठहर,कारबाहीका लागि सिफारिस

  • 1.6K
    SHARES

  • सहकारी रकम अपचलनमा रवि लामिछाने दोषि ठहर,कारबाहीका लागि सिफारिस

    काठमाडौं,भदौ ३१ ।
    विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीनसञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाहीगर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ ।

    कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रियस्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी भने अहिलेसम्म फरार नरहे पनिछानविनको दायरामा आएका छैनन् ।

    संसदीय छानविन समितिको निर्देशनसँगै अब रवि र छविलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाव सरकारमाथिपरेको छ ।

    संसदीय छानविन समितिले गोर्खा मिडियाका नाममा ग्यालेक्सी फोरके टीभीको सम्पूर्ण सम्पत्ति सहकारीको ८५करोडबाटै लगानी भएको र ऋण लगायतका आर्थिक कारोबारमा पूर्वगृहमन्त्री रवि लामिछानेको समेत हस्ताक्षरप्रमाणित भएकाले उनीहरुमाथि कारवाही अगाडि बढाउनैपर्ने समितिको निष्कर्ष छ ।गोर्खा मिडिया नेटवर्क प्रालिकासञ्चालक जीबी राई हालसम्म फरार छन् ।

    सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमाररम्तेल हाल कास्की कारागारमा छन् ।

    गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी भने पक्राउ परेका छैनन् ।

    गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक रवि लामिछाने हाल प्रतिनिधिसभाका सदस्य एवंरास्वपाका सभापति छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र ३१ २०८१०९:५३:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology