Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मुख्यमन्त्री आचार्य भन्छन् -`कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस्´

मुख्यमन्त्री आचार्य भन्छन् -`कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस्´

  • 915
    SHARES

  • मुख्यमन्त्री आचार्य भन्छन् -`कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुस्´


    वुटवल,भदौ २९ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिनु भएको हो । 
    सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई काम विहिन बनाएर नराख्न निर्देशन दिनु भयो ।‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस ।

    प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’उहाँले भन्नुभयो,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

    लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र  १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पु¥याउने उद्देश्य थियो । 6f999e1e-b055-46a4-a5da-33aacb0e77ee.jpegएसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यि सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २९ २०८१०६:०६:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology