Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

`प्रधानमन्त्री जी नारायणगढ- बुटवल मोटरमा चढेर एक पटक मात्र हिड्नुस्´ : विश्वप्रकाश शर्मा

`प्रधानमन्त्री जी नारायणगढ- बुटवल मोटरमा चढेर एक पटक मात्र हिड्नुस्´ : विश्वप्रकाश शर्मा

  • 1.1K
    SHARES

  • `प्रधानमन्त्री जी नारायणगढ- बुटवल मोटरमा चढेर एक पटक मात्र हिड्नुस्´ : विश्वप्रकाश शर्मा

    बुटवल,भदौ २८ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलदेखि नारायणगढसम्मको बाटो मोटरमा यात्रा गर्न आग्रह गर्नु भएको छ ।

    आँफूलाई यो सडकमा यात्रा गर्न ४ घण्टाभन्दाबढि लागेको भन्दै उहाले यात्रुले दिनहुँ कष्ट भोग्नुपरेको उल्लेख गर्नुभयो । विपी जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही १ ले गरेको अन्तरविद्यालय बक्तृत्वकला कार्यक्रममा शर्माले प्रधानमन्त्री ओली मोटरमा हिड्ने हो भने छिटो कसरी बन्छ भन्ने उहाँमा चेतना आउने तर्क गर्नुभयो ।

    ‘‘देशको प्रधानमन्त्रीले नारायणगढदेखि बुटवलसम्म मोटरमा चढेर एक पटक मात्र हिड्नुभयो भने यो बाटो छिटो कसरी बनाउने भन्नेकुरा चेतना आउँछ ।’ –उहाले भन्नुभयो, ७ वर्ष भयो ठेक्का लागेको, कति धुलो खानुपरेको छ । सडक छिटो सक्ने सरकारले तदारुकता राखोस् । बजेटको सम्बन्धमा सरकारले कन्जुसाइ नगरेर लगानी गरोस् । दिउसो पनि नबनाएको बाटो मध्येरातमा पनि बनाइरहेको देख्न पाइयोस् ।’’ महामन्त्री शर्माले देश बन्दैन भनेर निराशा नहुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विगतमा तुलनामा बाटो, खानेपानी, विजुली, सञ्चार क्षेत्रमा धेरै विकास भइरहेकाले देशमा केही हुँदैन सोँच मनबाट फाल्नुपर्ने बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २८ २०८१०८:०१:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology