Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

विश्वविद्यालयमा राजनैतिक दलहरुका नियुक्ती नै गुणस्तरिय शिक्षाका लागि बाधक : महामन्त्री थापा

विश्वविद्यालयमा राजनैतिक दलहरुका नियुक्ती नै गुणस्तरिय शिक्षाका लागि बाधक : महामन्त्री थापा

  • 1.4K
    SHARES

  • विश्वविद्यालयमा राजनैतिक दलहरुका नियुक्ती नै गुणस्तरिय शिक्षाका लागि बाधक : महामन्त्री थापा

    बुटवल  २८ भाद्र
    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भागबण्डाका आधारमा गरिने नियुक्ती गुणस्तरिय शिक्षाका लागि बाधक रहेको बताउनु भएको छ ।  रुपन्देहीको  शुद्धोधनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको २० औ  कयाम्पस सभा, ७ औ अधिबेशन तथा भवन समुदघाटन समारोहमा शुक्रवार वोल्दै महामन्त्री थापाले राजनैतिक दलको भागबण्डामा नियुक्ति भएर आउने हरुले विश्वबिद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो संभव नदेखिएको दावि गर्नु भयो । दलहरुलाई भागबण्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावना अनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताउनु भयो । सरकारले उच्च शिक्षामा लगानी बृद्धि गरी पठन पाठन शैलिलाई सुधार गर्न जरुरी रहेको छ भन्दै उहांले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशने जमातलाई रोक्न सकिने धारणा राख्नु भयो ।
    शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भनने विषयमा ध्यान दिन जरुरी रहेको समेत औल्याउनु भयो ।
    शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।
    क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धी र भावी योजनाका वारेमा प्रकाश पार्नु भएको थियो ।
    कार्यक्रममा क्याम्पसका प्रार्चाय टंक प्रसाद पौडेलको संचालनमा  भएको कार्यक्रममा उपाध्यक्ष नवलराज शर्माले स्वागत गर्नु भएको थियो । सोही अवसरमा उत्कृष्ठ कर्मचारी शिक्षक  विद्याथीहरुलाई सम्मान गरिएको थियो ।
     
     
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २८ २०८१०७:३०:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology