Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

हिसान र नेविसंघ रूपन्देहीबिच ६ बुदे सहमति

हिसान र नेविसंघ रूपन्देहीबिच ६ बुदे सहमति

  • 1.8K
    SHARES

  • हिसान र नेविसंघ रूपन्देहीबिच ६ बुदे सहमति

    बुटवल,भदौ २५ ।

    रूपन्देहीमा चर्किएको शैक्षिक आन्दोलन निश्कर्षमा पुगेपछि सहमतिमा टु्ंगिएको छ ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ रुपन्देही तथा नेपाल विद्यार्थि संघ केन्द्रीय कार्यसमिति एवं नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देही बिच त्रिपक्षीय सहमति गरी सहमति पत्रमा हस्ताक्षर भएको नेविसंघ रूपन्देहीका सभापति सन्दिप पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए ।IMG_6674.jpeg

    सहमतिको पत्र हेरौं : 

    रुपन्देही जिल्ला भित्र सञ्चालित कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयहरुले उठाउने शुल्क कानून सम्मत् भए नभएको विषय तत् पालिकाको कानूनले निर्धारण गरे बमोजिम विद्यार्थिले छात्रवृत्ति प्राप्त गरे नगरेको विषय र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यविधिसँग जोडिएको विषय ।

    सहमतिका शर्तहरुः

    १.कक्षा ११ र १२ को छात्रवृत्ति, मासिक शुल्क सम्बन्धमा स्थानीय पालिकाहरुको नियम, कानून र निर्देशिका बमोजिम गर्ने साथै पालिकाले तोकेको भन्दा बढी लिएको शुल्क अविलम्ब समायोजन गर्ने ।

    २.विद्यालय परिसरबाट कुनै किसिमका शैक्षिक सामाग्री तथा पोशाक विक्रि बितरण नगर्ने र नगराउने ।

    ३.ट्राफिक नियम बमोजिम सिट क्षमता अनुसार मात्र विद्यार्थी ओसार पसार गराउने ।

    ४. टेन्डर प्रकियाबाट मात्र चमेना गृह सञ्चालन गरी सर्वसुलभ रुपमा खाजा तथा नास्ताको व्यवस्था मिलाउने ।

    ५. दोहोरो भर्ना तथा कक्षा बृद्धि गर्दा भर्ना शुल्क लिन नपाईने ।

    ६. शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम वार्षिक शुल्क २ महिना बराबरको मात्र लिन पाईने ।

    सहमति पत्रमा नेविसंङघका केन्द्रिय प्रतिनिधि तिलकराम पाण्डे,हिसानका रूपन्देही अध्यक्ष दिनेश भुसाल,पूर्वअध्यक्ष र सल्लाहकार अनन्तराम शर्मा,नेविसंघ रूपन्देही अध्यक्ष सन्दिप पाण्डे लगायतको हस्ताक्षर रहेको छ । नेविसंघले शैक्षिक शुल्क,छात्रबृर्ति,ड्रेस शुल्क लगायतका बिषयमा चरणबद्ध ध्यानाकर्षण गर्दै आन्दोलन गरिरहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र २५ २०८१०९:३३:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology