Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको अध्यक्षमा पन्थ

लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको अध्यक्षमा पन्थ

  • 3.7K
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको अध्यक्षमा पन्थ

    बुटवल,पुस २५- 

    लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको बाह्रौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन  सम्पन्न भएको छ ।

    संघकी अध्यक्ष लक्ष्मी पोखरेलको अध्यक्षता एवं सचिव पुष्कर भुसालको संचालनमा भएको बाह्रौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले राधा पन्थ सुवेदी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    जसको उपाध्यक्षमा पुष्कर भुसाल, सचिवमा दिपक भट्टराई, कोषाध्यक्षमा ज्योति श्रेष्ठ, सदस्यहरुमा मोहन पौडेल, शिवराज अधिकारी, दुर्गा प्रसाद अर्याल र पार्वती थापा रहनुभएको छ ।

    साधारण सभा तथा अधिवेशनको पहिलो सत्रमा प्रमुख अतिथि लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि सघंका संस्थापक संरक्षक एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम, विशिष्ट अतिथि संघका संरक्षक एवं लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, अतिथि प्राध्यापक संघ इकाई समिति अध्यक्ष द्धारिका गौतम, उपप्रशासक सविता शाक्य, संघकी उपाध्यक्ष राधा पन्थ लगायतले बोल्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, संघका संस्थापक संयोजक एवं पव्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पाण्डे, उपप्राध्यापक माधव नेपाल, लुम्बिनी वाणिज्य क्याम्पस उच्च शिक्षा सुधार परियोजनाका संयोजक पुनाराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

     पहिलो सत्रमा पुर्व क्याम्पस प्रमुख प्रा.डा. ईश्वर गौतमलाई कदरपत्रले सम्मान गरिएको  थियो भने संघका पुर्वअध्यक्षहरु रतन गिरी, दल बहादुर श्रेष्ठ, सहायक प्रशासक कपिल गौतम र सम्पुर्ण अतिथि तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    साधारण सभा तथा अधिवेशनले संघकी अध्यक्ष लक्ष्मी पोखरेलले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, कोषाध्यक्ष दिपक भट्टराइले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनसमेत अनुमोदन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology