Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

`यही तरिकाले सरकार अघि बढे व्यवस्थामाथि नै संकट आउछ´: डा.चन्द्र भण्डारी

`यही तरिकाले सरकार अघि बढे व्यवस्थामाथि नै संकट आउछ´: डा.चन्द्र भण्डारी

  • 1.0K
    SHARES

  • `यही तरिकाले सरकार अघि बढे व्यवस्थामाथि नै संकट आउछ´: डा.चन्द्र भण्डारी

    काठमाडौं ,भदौ १८ ।

    नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भण्डारीले यही तरिकाले सरकार अघि बढे व्यवस्थामाथि नै संकट आउन सक्ने चेतावनी दिए।

    ‘यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ। संकट नेतृत्वमाथि पनि पर्छ। संकट मुलुकमाथि पनि पर्छ।’ उनले भने, ‘अब काम गरेर देखाउनुपर्छ। म व्यवस्थाका निम्ति लडेको हुँ । साढे ५ वर्ष म जेल बसेको छु। पिटाइ खाएको छु। तर नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौं भन्दापनि हामीले जवाफ दिनुपर्ने यो भारी हामी बोक्न सक्दैनौँ।’

    सरकारले आर्थिक भार नपर्ने सामान्य निर्णय पनि गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

    ‘कांग्रेस र एमाले मिलिसकेपछि एक महिनाभित्र पैसा नलाग्ने निर्णय त सबै गर्नुपर्‍यो नि! जनताले पाउनुपर्ने सुविधा त सबै पाउनुपर्‍यो नि!’ उनले भने। 

    स्वास्थ्य क्षेत्रमा ब्रम्हलुट मच्चिएको भन्दै सरकारले ध्यान नदिएकोमा उनको आक्रोश छ। सरकारी अस्पतालका उपकरणहरूको मर्मत र आम नागरिकलाई सहुलियतमा औषधि उपचारको व्यवस्थामा सरकार चुकेको उनको आरोप छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र १८ २०८१०५:२१:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology