Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’ :शिक्षामन्त्री विद्या भट्टराई

‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’ :शिक्षामन्त्री विद्या भट्टराई

  • 975
    SHARES

  • ‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’ :शिक्षामन्त्री विद्या भट्टराई

    काठमाडौँ, साउन ३० ।

    विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ।

    बुधबार मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण) मा परेका विद्यार्थीहरूको शुल्क फिर्ता गर्ने बताउनुभएको हो ।

    शिक्षामन्त्रीले भन्नुभएको छ, ‘‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु ।’’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology