Logo बिहिवार, आश्विन १ गते २०८३
images

तनहुँमा सवइञ्जिनियर अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ

तनहुँमा सवइञ्जिनियर अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ

  • 2.4K
    SHARES

  • तनहुँमा सवइञ्जिनियर अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ

    बुटवल, पुस २३ । 

    जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षा तनहुँका सवइञ्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनियर अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो। 

    जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ।

    पटक-पटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो। 

    घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानुनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।उक्त विद्यालयमा १४ लाख ६९ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology