Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागलुङमा पहिरोमा परेर ६ बालबालिकासहित ८ जनाको मृत्यु

बागलुङमा पहिरोमा परेर ६ बालबालिकासहित ८ जनाको मृत्यु

  • 2.1K
    SHARES

  • बागलुङमा पहिरोमा परेर ६ बालबालिकासहित ८ जनाको मृत्यु

    बागलुङ,साउन २२ ।

    सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ ।मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो ।

    घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको बताइएको छ ।

    त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।

    प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।

    उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको हो । वडाध्यक्ष वीरेन्द्र बुढाले पनि घटनास्थल जाने झोलुंगे पुल भत्केकोले उद्धारमा कठिनाइ भएको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology