Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला सकियाे,नेवारी संस्कृति झल्किने २८ वटा चित्र हस्तान्तरण

रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला सकियाे,नेवारी संस्कृति झल्किने २८ वटा चित्र हस्तान्तरण

  • 3.7K
    SHARES

  • रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला सकियाे,नेवारी संस्कृति झल्किने २८ वटा चित्र हस्तान्तरण

    बुटवल, पुस २२ ।

    रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा  भएको चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ मा २८ वटा नेवारी संस्कृति, रहनसहन र चाडपर्व चिनाउने चित्रहरु तैयार भएको छ ।

    एक समारोहका बिच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले तैयार भएका चित्रहरु नेवा पुच नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठलाई हतान्तरण गरेका छन ।

    मोफसलका कलाकारहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काठमाडौ बाहिर विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु गर्दै आएको परिषदका सदस्य राजभण्डारीले बताईन । नेवा पुचका अध्यक्ष काजिमान श्रेष्ठले नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको बताए ।

    newar.jpgnewa.jpg

    बुटवलमा दुई दिने चित्रकला कार्यशाला शुरु,३० जनाले क्यानभासमा चित्र कोर्ने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology