काठमाडौँ,साउन १६।
राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेललेबागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलकपरियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमाकृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ताशैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेशप्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)