Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

समरजङ्गको दाबि : ‘श्रमिक कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ’

समरजङ्गको दाबि : ‘श्रमिक कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ’

  • 2.8K
    SHARES

  • समरजङ्गको दाबि : ‘श्रमिक कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ’

    बुटवल,साउन १६ ।

    श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पूर्णबहादुर सिंह समरजङ्गले आफ्नो पार्टी पुष्पलालको सच्चा क्रान्तिकारी उत्तराधिकारी रहेको बताएका छन्।

    पार्टीले बुटवलमा मङ्‌गलबार आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरु विषयक विचारगोष्ठीमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक समरजङ्‌गले भने, "पुष्पलालले सामन्तवाद, विस्तारवाद, दलाल पुँजीवाद, साम्राज्यवादलगायत सम्पूर्ण उत्पीडनबाट उत्पीडित श्रमिक सर्वहारा वर्गलाई मुक्त पारेर नेपाललाई जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद-साम्यवाद‌मा पुर्याउन पार्टी स्थापना गरी निरन्तर सङ्‌घर्ष गर्नुभयो ।

    साम्राज्यवादी/अवसरवादी षड्‌यन्त्रका कारण आफ्ना नीति/कार्यक्रमलाई सफल बनाउन सक्नुभएन। श्रमिक कम्युनिस्ट पार्टीले विकसित 'वैज्ञानिक समाजवादी जनक्रान्ति' को माध्यमबाट क्रान्ति पूरा गर्नेछ।"

    आफूहरूले रहर वा लहडमा नभएर देशको आवश्यकताले पार्टी निर्माण गरेको स्पष्ट पार्दै संयोजक समरजङ्‌गले यो आवश्यकता र बाध्यताको परिणाम भएको पनि प्रस्ट पारे। यसअघि कैयौँ नेताहरूले आर्थिक, साँगङ्‌‌गठनिक स्वार्थहरुका कारण पार्टी विभाजन गराएको र मार्क्सवाद जादै सामन्तवाद लागू गरेकाले आन्दोलनहरू विघटनको सिकार बनेको धारणा राख्दै संयाेजक "समरजङ्‌ग"ले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द भएर कान्ति सफल पार्न सच्चा मालेमावादी, क्रान्तिकारीहरुलाई अाह्वान पनि गरे।

    'नेकपा (माओवादी) द्वारा २०५१ सालमा प्रस्तावित प्रति बद्धताबाट हामी विचलित छैनौं, उनले भने, जनतासँग एकताबद्ध हुन्छौ, कम्युनिस्ट वा माअाेवादी नामधारी कुनै संशोधनवादी, अवसरवादी, संसद्‌वादी, सुधारवादी पार्टीसँग एकता हुँदैन ।'

    साम्राज्यवादले रोकेको नभएर अवसरवाद‌ले नेपालको कम्युनिस्ट आन्दोलन विभाजित र असफल भइरहेको निष्कर्ष प्रस्तुत गर्दै प्रमुख वक्ता "समरजङ्‌ग" ले नेताहरू बिक्ने र आन्दोलन धराशायी गर्ने रोग निर्मूल पार्दै श्रमिक कम्युनिष्ट पार्टीले क्रान्ति सफल पारेरै छोड्‌ने दृढता व्यक्त गरे।

    पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका तर्फबाट केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख अशोक सुवेदीले प्रस्तुत गरेको 'नेपालको कम्युनिस्ट आन्दोलन‌मा कमरेड पुष्पलालका योगदानहरु (क. पुष्पलालवा क्रान्तिकारी, मालेमावादी विचार व्यवहार को रक्षा, विकास र प्रयोग गरी) विषयक अवधारणापत्र माथि वरिष्ठ मार्क्सवादी चिन्तक दिल साहनी, साहित्यकार एवम् उपप्राध्‌यापक ऋषिराम भुसाल, वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, नेकपा (माओवादी केन्द्र) का बाम देव क्षेत्री, वामपन्थी विश्लेषक बिनबहादुर कुँवर, नेकपा (एकीकृत समाजवादी) का श्रीराम यादव, प्रेस सेनानी बालकृ‌ष्ण चापागाईलगायत वक्ताले टिप्पणी गरेका थिए ।

    नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दीका सन्दर्भमा आयोजित विचारगोष्ठीको अध्यक्षता पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विनोद थापाले गरेका थिए । विचार गाेष्ठीमा उपस्थित अतिथिहरुलाई आयोजक समितिका सदस्य माधव गौतम "विनय" ले शब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सम्मेलन आयोजक समितिका सदस्य दिग्दर्शनले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण १६ २०८११२:१३:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology