Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा आज ५२२ जना कोरोना भाइरस संक्रमित थपिए

नेपालमा आज ५२२ जना कोरोना भाइरस संक्रमित थपिए

  • 1.8K
    SHARES

  • नेपालमा आज ५२२ जना कोरोना भाइरस संक्रमित थपिए

    बुटवल,पुस २१ - 

    नेपालमा आज थप ५२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५५१ जनाको गरिएको पीसीआर परीक्षणमा ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ५७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५५ हजार ६ सय ६६ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

    कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८९३ रहेको छ ।

    गत २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना संक्रमित थपिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology