Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै,२० टिमको सहभागिता रहने

रूपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै,२० टिमको सहभागिता रहने

  • 3.9K
    SHARES

  • रूपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै,२० टिमको सहभागिता रहने

    बुटवल,पुस २१ - 

    रुपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता –२०७७’ हुने भएको हो ।

    प्रतियोगितालाई टेन स्टिल प्रा.लि.ले मुख्य प्रायोजन गरेको मंगलबार पत्रकार सम्मेलन गरि ग्रुपका प्रबन्ध निर्देशक गौतम भूसालले सबै तयारी पुरा भएको जानकारी दिए ।

     प्रतियोगिताको उपाधि विजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख खर्च हुने उनले बताए ।

    प्रतियोगिता कार्यक्रम संयोजक डि.बी. सुस्लिङले प्रतियोगितामा जिल्लाका २० विभिन्न मिडिया हाउसका पत्रकारहरुको टिमले भाग लिने बताए । 

    हाईलाईफ फुड प्रालिका संचालक पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निवतर्मान अध्यक्ष सुरज खत्रीले सधै अरुको विषय उठाउने पत्रकारहरु पनि मनोरन्जन र खेलकुदमा आवद्ध हुनुपर्ने सुझाव दिए । 

    ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्व अन्तरगत रचनात्मक कार्यक्रम भएको बताए । निरन्तरता दिने गरि अघि बढाएको उनले बताए।

    प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ । प्रतियोगिताका बैकिङ पार्टनर साईन रेसुङ्गा बैक तथा न्युज पेपर पार्टनर बुटवलटुडे दैनिक रहेको छ। कार्यक्रमको संचालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष २१ २०७७०४:३६:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology