काठमाडौँ, असार २१।
नेकपा (एकीकृत समाजवादी ) का ९३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराउनुभयो ।२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)