Logo बिहिवार, आश्विन १ गते २०८३
images

बादलका छोरा प्रतीकलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

बादलका छोरा प्रतीकलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

  • 1.4K
    SHARES

  • बादलका छोरा प्रतीकलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

    काठमाडौं, असार १८। 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।

    थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए। उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो। 

    उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा समेत हुन्।शुक्रबार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ। शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology