Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

  • 1.2K
    SHARES

  • आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

    काठमाडौँ,असार ३ ।

    सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति सुरु पनि भएको छ । 

    आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।

    नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।  सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने लगायत सङ्घको माग थियो ।मन्त्रालय र संघबिच उनीहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology